TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Apr 29, 2026 · Swadesh

पोखरा स्पोर्ट्स अवार्ड : स्पेशल अवार्डका लागि नेलम्बो नेपालको सहयोग

पोखरा स्पोर्ट्स अवार्ड : स्पेशल अवार्डका लागि नेलम्बो नेपालको सहयोग

काठमाडौं। विपन्न समुदाय र जैविक विविधता साझेदारी संस्था (नेलम्बो) नेपालले १० औं रारा पोखरा स्पोर्टस अवार्डमा सहकार्य गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख ३१ गते पोखराको इभेन्ट सेन्टरमा सम्पन्न हुने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डमा प्रदान गरिने स्पेशल अवार्डमा सहयोग गर्ने गरी नेलम्बो नेपालले सहयोग गर्ने भएको हो ।


पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।


सो अवसरमा वोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले विशेष गरी सामुदायिक स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको नेलम्बो नेपालले स्वास्थ्य र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ स्थापित नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको पोखरा स्पोर्टस अवार्डमा सहकार्य गर्न पाउदा गौरवान्वित भएको बताए । स्पोर्टस अवार्डमा रहेको स्पेशल अवार्डका लागि सहयोग संगै अवार्ड समारोह स्थल पोखरा ईभेन्ट सेन्टरमा स्वास्थ्य सचेतनामुलक बुँथ (नाक, कान र दाँत सम्बन्धी) आयोजना गरिने देवकोटाको भनाइ रहेको थियो । नेलम्बो नेपालले गण्डकी प्रदेशमा स्थानिय सरकार, स्वास्थ्यकर्मी, विभिन्न संघ संस्थाहरु संग सहकार्य गरी शिसु स्याहार तथा संरक्षण सम्बन्धि समेत सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको देवकोटाले बताए ।


त्यस्तै खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले नेलम्बो नेपालले सामुदायिक स्तरमा स्वास्थ्य सम्बन्धी सेचतनामुलक कामहरु गर्दै आइरहदा खेलाडी, खेलक्षेत्रमा लागेको अग्रज ब्याक्तित्व र संघ संस्था र पत्रकारलाई समेत सम्मान गर्ने कार्यक्रममा सहकार्य गरेकोमा नेलम्बो नेपाल प्रति आभार प्रकट गरे । नेलम्बो नेपालले समुदाय स्तरमा त्यो पनि अति विपन्न परिवार सम्म पुगेर स्वास्थ्य प्रति पु¥याएको योगदानको मगरले प्रशंसा समेत ब्यक्त गरे ।


आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छभने स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।


अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ ९हङकङ०, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।


त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा, सहारा क्लब, तमु धिँ युके, फ्रयाङकलिंक एजुकेशन, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, भूतपूर्व खेलाडी मञ्च, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्ट्रेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन), शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, दीपक थापा९पूर्व वडा सदस्य पोमनपा १०० लामा कलेक्सन न्यूरोड पोखरा, हेम्जाकोट होमस्टे कास्की रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →