← समाचारमा फर्कनुस्
Football Apr 23, 2025 · Swadesh

स्टेफनको निर्णायक गोलमा पोखरा फाइनलमा

स्टेफनको निर्णायक गोलमा पोखरा फाइनलमा

काठमाडौं। स्टेफन समीर बिनोङको निर्णायक गोलसँगै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न दोस्रो क्वालिफायरमा पोखराले धनगढी एफसीलाई १–० ले हराएको हो। योसँगै पोखराले उपाधिका लागि साबिक विजेता ललितपुर सिटी एफसीसँग खेल्ने भएको छ। 

पोखराले इलिमिनेटरमा एफसी चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। धनगढी भने पहिलो क्वालिफायरमा ललितपुरसँग २–१ ले पराजित भएको हो। 

निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट कुनै गोल भएन। तर, इन्जुरी समयको दोस्रो मिनेटमा आयुष घलानको फ्रिकिकमार्फत आएको बललाई समीरले हेडर गर्दै जाली चुमाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →