TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 09, 2025 · Swadesh

पोखरा र धनगढी बराबरीमा रोकिए

पोखरा र धनगढी बराबरीमा रोकिए

काठमाडौं। नेपाल सुपर लिग ९एनएसएल०मा साबिक उपविजेता धनगढी एफसी र पोखरा थन्डर्स बराबरीमा रोकिएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्। जारी प्रतियोगितामा धनगढीको यो लगातार दोस्रो बराबरी हो।

बुटवल लुम्बिनी एफसीविरुद्ध ४–१ जितसहित प्रतियोगिता सुरुआत गरेको धनगढी दोस्रो खेलमा साबिक विजेता ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। लगत्तैको खेलमा पनि धनगढी गोलविहीन हुन पुगेको हो।

यो नतिजासँगै अपराजित धनगढीले तीन खेलबाट पाँच अंक पुर्‍याएको छ। एक खेल बढी खेलेको पोखराको भने तीन अंक छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →