विभागीय डर्बीमा आर्मीमाथि पुलिसको जित, हेल्प नेपाललाई चौथो सफलता

काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको १०औँ संस्करणअन्तर्गत पुरुषतर्फ विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी यात्रा निरन्तर बनाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न दिनको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो।
पुलिसले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट १५–२५ ले गुमाएको थियो। त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै पुलिसले तेस्रो सेट २६–२४ र चौथो सेट २५–१८ ले जित्दै प्रतियोगितामा लगातार पाँचौँ जित दर्ता गर्यो।
यता, अर्को खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार चौथो जित निकालेको छ।
हेल्प नेपालले पहिलो सेट २५–१५ ले जित्दा दोस्रो सेट २३–२५ ले गुमाएको थियो। त्यसपछि तेस्रो सेट २५–१३ र चौथो सेट २५–१४ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण जित हात पारेको हो।
त्यसैगरी, अर्को खेलमा खिल्जी युवा क्लबले कोशी प्रदेशलाई सोझो सेटमा ३–० ले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |