← समाचारमा फर्कनुस्
Football Apr 14, 2023 · Nepalsports

बुट्टाबारीलाई हराउँदै फिक्कललाई उपाधि

बुट्टाबारीलाई हराउँदै फिक्कललाई उपाधि

इलाम । तेश्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका—३ स्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३—२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो । खेलमा सुरुवाती अग्रता फिक्कलले लिएको थियो । १२ औ मिनेटमा नयन प्रधानले सुरुवाती गोल गरेका थिए । २३ औ मिनेटमा शौरभ कार्कीले हेडर मार्फत अग्रता दोब्बर बनाए । खेलको ५२ औ मिनेटमा बुट्टाबारीका कप्तान रोमन खवासले पेनाल्टी मार्फत अग्रता कम पारे । ५८ औ मिनेटमा शेखर राईले खेल ३—१ बनाए । ६६ औ मिनेटमा रोमनले पेनाल्टी मार्फत गोल थपेपनि उपाधि जित्न पर्याप्त भएन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता फिक्कलका शेखर राई घोषित भए । उत्कृष्ट डिफेन्डर आयुष क्षेत्री, उत्कृष्ट गोलरक्षक सर्जन लिम्बु घोषित भए । उनीहरुले जनही ४ हजार प्राप्त गरे । प्रतियोगिताको उदियमान खेलाडी देउराली स्र्पोटिङ क्लबका निशान राई घोषित भए । देउराली स्र्पोटिङ क्लबको आयोजना र सन्दकपुर गाउँपालिकाको संरक्षक रहेको प्रतियोगितामा इलाम, झापा, ताप्लेजुङ र ललितपुरका ८ टोलीको सहभागिता रहेको थियो । बिजेता बनेको फिक्कलले १ लाख ५१ हजार र उपविजेता बुट्टाबारीले ८१ हजार प्राप्त गरेको छ । 

अइन्द्र राईको अध्यक्षतामा भएको प्रतियोगितामा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको बिजेता, उपविजेता तथा व्यक्तिगत विधाका विजेतालाई प्रमुख अतिथि बस्नेत, गाउँपालिका अध्यक्ष तुला बहादुर गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली लगायतले पुरस्कार वितरण गरे । चैत्र २४ गतेबाट प्रतियोगिता सुरु भएको थियो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →