TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 29, 2026 · Swadesh

राजस्थानसँग पंजावको पहिलो हार

राजस्थानसँग पंजावको पहिलो हार

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पंजाव किग्सलाई पहिलो हारको स्वाद चखाएको छ । चंडिगढमा भएको खेलमा राजस्थान छ विकेटले विजयी रह्यो ।


यो नतिजापछि पनि पंजाव १३ अंकमा शीर्ष स्थानमा छ । राजस्थान भने १२ अंकमा तेस्रो स्थानमा रह्यो । रोयल च्यालेन्जर्स बेंगलुरु १२ अंकमा दोस्रो स्थानमा छ ।


पंजावले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय २२ रन बनाएको थियो । त्यसमा मार्कस स्टोइनसले २२ बलमा ६२ रन बनाए । यस्तै प्रभसिमरन सिंहले४४ बलमा ५९ रन जोडे ।


जवाफमा राजस्थानले १९.२ ओभरमा चार विकेट गुमाएर २ सय २८ रन बनायो । विजयी टिमका लागि यशस्वी जयसवालले ५१ र डोनाभन फेरेराले ५२ रन बनाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →