← समाचारमा फर्कनुस्
मेस्सीको जादु चल्दा पिएसजीको सहज जीत

काठमाडौ- लियोनेल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै एक गोल र असिस्ट गरेपछि फ्रेन्च लिग वानमा राती भएको खेलमा पेरिस सेन्ट जर्मेन्ट पिएसजीले निके विरूद्ध सहज जीत निकालेको छ।
घरेलु टोलि निकेको मैदानमा भएको खेल पिएसजीले २-० गोलअन्तरले जितेको हो।
पिएसजीका लागी मेस्सी र सर्जियो रामोसले १-१ गोल गरे। खराब प्रदर्शन गरिरहेको पिएसजीले यसअघि लगातार दुई खेलमा पराजय व्यहोरेको थियो। यो जितले पिएसजीलाई उपाधि यात्रामा समेत अगाडी बढाएको छ।
३० खेल खेलेको पिएसजी ६९ अंकका साथ शिर्ष स्थानमा रहेको छ। पिएसजी दोस्रो स्थानको लेन्सभन्दा स्पष्ट ६ अंकले अगाडी रहेको छ। उता पराजित भएको निके समान खेलमा ४५ अंकका साथ आठौ स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |