← समाचारमा फर्कनुस्
पीएसजीसामु उपाध रक्षाको मौका

डिफेन्डिङ च्याम्पियनका रूपमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने मौका पाएको छ । उसले बुधबार भएको सेमिफाइनल दोस्रो लेगमा बायर्न म्युनिकलाई १–१ को बराबरीमा रोक्दै फाइनल यात्रा निश्चित गरेको हो ।
अब उपाधिका भिडन्तमा पीएसजीले आर्सनलको चुनौती सामना गर्नेछ । फाइनल मे ३० मा बुडापेस्टमा हुनेछ र त्यसमा पीएसजी नै उपाधिका लागि बलियो प्रत्यासी रहनेछ । पछिल्लो समय लगातार दुई च्याम्यिन्स लिगको उपाधि जित्ने टिम रियल म्याड्रिड रहेको छ ।
यस्तो उपलब्धी उसले सन् १९९० मा हात पारेको थियो । यसपल्ट म्युनिकमा एलिनाज एरेनामा भएको खेलमा पीएसजीले ओसमन डेम्बेलेको गोलले अग्रता लिएको थियो । खेलको अन्त्यतिर बायर्नका लागि ह्यारी केनले बराबरी गोल फर्काए, तर यसले फाइनल पुग्ने समीकरणमा केही फरक पारेन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women