← समाचारमा फर्कनुस्
Football Sep 05, 2026 · Swadesh

पीएसजीलाई हराएपछि मोनाको अगाडि

पीएसजीलाई हराएपछि मोनाको अगाडि

बेलिज्यमका विन्गर सान्टिस इडुम्बोले ७२ औं मिनेटमा गरेको गोलको मदतले मोनाकाले फ्रान्सेली लिग वानमा शुक्रबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले पराजित गरेको छ । कप्तान मारक्विन्होको गोलमा पीएसजीले ३१ औं मिनेटमा अग्रता लिएको थियो ।

मोनाकोका लागि फ्लाभिओले ५८ औं मिनेटमा बराबरी गोल फर्काए । यो जितले मोनाकोको तीन खेलबाट अधिक्तम नौ अंक भएको छ । पीएसजी भने तीन खेलबाट दुई अंकमै सीमित रह्यो । पीएसजीले यसअघिका दुई खेल बराबरी खेलेको थियो ।

पीएसजी अहिलेसम्म जितविहीन छ र १२ औं स्थानमा छ । यस्तोमा युरोपेली र फ्रान्सेली च्याम्पियनको सिजनमा खराव सुरुआत कायम रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →