TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 14, 2026 · Swadesh

पीएसजी लगातार पाँचौं पल्ट च्याम्पियन

पीएसजी लगातार पाँचौं पल्ट च्याम्पियन

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार लेन्सलाई २–० ले पराजित गर्दै लगातार पाँचौं पल्ट फ्रान्सेली लिग वानको उपाधि जितेको छ । यस्तै पीएसजीले फ्रान्सेली लिग उपाधि जितेको समग्रमा १४ पुगेको छ र यो कीर्तिमान रहेको छ ।


त्यसमध्ये १२ उपाधि पछिल्लो १४ सिजनमा हात परेको हो । दोस्रो स्थानमा रहेको लेन्सविरुद्ध खविचा क्वारत्सखेलियाले गोलको खाता खोलेपछि इब्राहिम एमबापेले दोस्रो गोल थपे । यससँगै पीएसजीले लिग तालिकामा नौ अंकको निर्णायक अग्रता लिएको छ ।


लिगमा अब एकै चरणको खेलमा मात्र बाँकी छ र लेन्स ६७ अंकमा दोस्रो स्थानमा छ । अब उसले पीएसजीलाई उछिन्न सक्ने छैन् । अब पीएसजीको नजर युरोपेली च्याम्पियन्स लिगको फाइनलमा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →