बार्सिलोनामाथि पीएसजीको शानदार जित

दुई पल्टको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनालाई ४–२ ले पराजित गरेको छ । यो उसको लगातार तेस्रो जित हो र टिम नौ अंक तालिकाको शीर्षमा छ । पीएसजीका लागि भिटिन्हा र फाबिन रुइजले खेलको अन्त्यतिर निर्णायक सावित गोल गरे ।
बार्सिलोनाको यो सिजनकै पहिलो हार हो । लिभरपुलले भने भिल्लारियलविरुद्धको खेलमा नाटकीय ४–२ को पुर्नआगमन जित रच्न सफल रह्यो । उसका लागि एलेक्स म्याक एलिस्टरले दुई गोल गरे । लिभरपुल पनि नौ अंक हात पार्ने अर्को टिम रह्यो ।
फिल फोडेनको ह्याट्रिकको मदतले म्यानचेस्टर सिटीले एईके एथेन्समाथि ५–१ को जित हात पार्न सफल रह्यो । अन्य खेलमा बोरुसिया डर्टमुन्डले सबाहलाई २–१, रोमाले स्लोभान ब्राटिस्लाभलाई ४–०, पीएसजी आयनहोभनले पोर्टोलाई १–० र नेपोलीले बोडो/गिल्म्टलाई ४–३ ले हरायो ।
फेनारबाचे र स्लाभिया प्रागले २–२ र स्टुटगार्ट र एटलेटिको म्याड्रिडले १–१ को बराबरी खेले ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |