← समाचारमा फर्कनुस्
पीएसजीको लगातार तेस्रो जित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शनिबार लगातार तेस्रो जित हात पारेको छ । यसका लागि उसले ले मान्सलाई ३–१ ले हरायो र अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।
खेलको १९ औ मिनेटमा बेरेल्डोले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । दोस्रो हाफको सुरुमै लुइस माफुटाले गोल गरेपछि ले मान्सले खेल बराबरीमा ल्यायो । त्यसपछि पीएसजीका लागि खभिचा क्वारात्स्खेलिया र माघेस अक्लिउसले गोल गरे ।
सिजनको सुरुआती तीन खेलमा जित निकाल्न असफल पीएसजी पछिल्ला तीन खेलमा लगातार विजयी रहेको हो । उसको अब ६ खेलबाट ११ अंक भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |