एसियाड तयारीलाई उसुको थाउलो टोली चीन जाँदै

जापानको आइची÷नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ ।
खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई रहेका छन् । एसियाली खेलकुदकै लागि छनोट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यत्तैबाट टोलीसंग समावेश हुने छिन् । प्रशिक्षकमा प्रकाश महर्जन छन् ।
एसियाड टोली बाहेक खेलाडी निमा घर्ती मगर र प्रशिक्षक नविन बस्नेत पनि टोलीसंगै चीन जाने छन् । नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा खेलाडीलाई युनान विश्वविद्यालयमा प्रशिक्षणमा राख्न लागिएको नेपाल उसु महासंघका महासचिव नवराज ढुंगनाले जनाएका छन् ।
महासचिव ढुंगानाले तत्काललाई खेलाडी १ महिनाका लागि प्रशिक्षणमा रहने बताउदै थप १ महिनाका लागि पनि त्यही प्रशिक्षण गराउन पहल भइरहेको बताए । उनले एसियाडमा सहभागी हुने सान्सौं खेलाडीको पनि युनानमै प्रशिक्षणका लागि प्रयास भइरहेको बताए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चीनियाँ दूतावासका कन्सुलर वाङ दोङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा सदस्य–सचिव मेहताले वैदेशिक प्रशिक्षणले खेलाडीको मनोबल उच्च बनाउने बताउदै एसियाडमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए । उनले प्रशिक्षणका लागि सहजीकरण गरिदिएकोमा चीन सरकारलाई धन्यवाद दिदै आभार प्रकट गरे ।
कन्सुलर डोङले युनान विश्वविद्यालयले विगतमा पनि नेपालसंग खेल क्षेत्रमा सहकार्य गरेको स्मरण गर्दै खेलाडीले उच्चस्तरको तालिम प्राप्त गर्ने बताए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |