← समाचारमा फर्कनुस्
ओमान २५ रनले पराजित

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युएईले ओमानलाई २५ रनले पराजित गरेको छ।
यूएईले दिएको २६९ रनको लक्ष्य पछ्याएको ओमानले ४७.५ ओभरमा सबै विकेट गुमाएर २४३ रन बनायो।
ओमानका विनायक शुक्लाले अविजित ५८ रन बनाए। यूएईका अजय कुमारले ६ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो।
यूएईका अर्यांश शर्माले १०५, अदीप उस्मानीले ६४, हरप्रीत सिंहले ५४ रन बनाए। ओमानका शाह फैसलले ३ विकेट लिए।
यो जितसँगै युएईले लिग–२ तालिकामा २२ खेलमा १२ अङ्क जोडेर पुछारमा छ। ओमान २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women