एनभीएल अक्सन: ६ फ्रेन्चाइजले प्रारम्भिक टोली टुंग्याए

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को अक्सनमार्फत सहभागी ६ फ्रेन्चाइजले आफ्ना प्रारम्भिक खेलाडी छनोट गरेका छन्। अक्सनमा ‘ए’ र ‘बी’ श्रेणीका खेलाडीमाथि प्रतिस्पर्धा हुँदा ‘ए’ श्रेणीका १४ खेलाडी सर्वाधिक १ लाख २० हजार रुपैयाँमा बिक्री भएका छन्।
खप्तड फाल्कन्सले ‘ए’ श्रेणीबाट सरोज बर्देवा र प्रेमप्रसाद गौतमलाई जनही १ लाख २० हजार रुपैयाँमा तथा इन्द्र बीके र बिपश थापालाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। ‘बी’ श्रेणीबाट नवराज थापा मगर ५० हजार, पारस बोहरा ७० हजार र नवराज धामी ५० हजार रुपैयाँमा टोलीमा आबद्ध भएका छन्। टोलीका मार्की खेलाडी धिरोज काजी बस्नेत रहेका छन्।
कर्णाली शिवराजले ‘ए’ श्रेणीका निर्पध्वज बस्नेत, विनोदबहादुर चन्द, सुरज चुनारा र सनोज चौधरीलाई जनही १ लाख २० हजार रुपैयाँमा अनुबन्ध गरेको छ। ‘बी’ श्रेणीबाट सन्दीप लुहार, बलराम गुरुङ र सुनिल ठकुल्लालाई जनही ५० हजार रुपैयाँमा भित्र्याएको छ। टोलीका मार्की खेलाडी पहल गहतराज रहेका छन्।
काठमाडौं रेड्सले ‘ए’ श्रेणीबाट सन्तोष बीके, सन्तोष राई र चिरञ्जीवी खड्कालाई जनही १ लाख २० हजार रुपैयाँमा अनुबन्ध गर्दा बलदेव सिंह धामीलाई १ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको छ। ‘बी’ श्रेणीबाट दीपेश कुँवर ५० हजार, पुष्कर सिंह धामी ७० हजार र जितबहादुर धुंगाल ७० हजार रुपैयाँमा अनुबन्धित भएका छन्। टोलीका मार्की खेलाडी सुनिल बोहरा रहेका छन्।
अन्नपूर्ण स्पाइकर्स किङ्सले ‘ए’ श्रेणीका राजेन्द्र धामी र सुरेन्द्र खत्रीलाई जनही १ लाख २० हजार रुपैयाँमा तथा रवी केसी र बिवस अधिकारीलाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। ‘बी’ श्रेणीबाट बिभाष आले, जितबहादुर सार्की र देव राना मगरलाई जनही ५० हजार रुपैयाँमा टोलीमा आबद्ध गरेको छ। टोलीका मार्की खेलाडी हिमाल सुनारी रहेका छन्।
सगरमाथा स्म्यासर्सले ‘ए’ श्रेणीका सुभाष कुँवरलाई १ लाख २० हजार रुपैयाँ, रुपेन्द्र नेपालीलाई १ लाख ५ हजार रुपैयाँ तथा भीमबहादुर गाहा र दीपकराज जोशीलाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। ‘बी’ श्रेणीबाट रमेश बम, सञ्जोग परियार र रेशम छन्त्याललाई जनही ५० हजार रुपैयाँमा टोलीमा आबद्ध गरेको छ। टोलीका मार्की खेलाडी हरिहजुर थापा रहेका छन्।
मधेश वारियर्सले ‘ए’ श्रेणीबाट सन्तोष महता र धनबहादुर भट्ट क्षेत्रीलाई जनही १ लाख २० हजार रुपैयाँमा तथा रामबिनय यादव र राजन थापालाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। ‘बी’ श्रेणीबाट बिप्सन शाही ठकुरी ७० हजार, सञ्जु विक्रम शाह ५० हजार र रबिन रसाइली ५० हजार रुपैयाँमा टोलीमा आबद्ध भएका छन्। टोलीका मार्की खेलाडी रबिन नगरकोटी रहेका छन्।
अक्सन सम्पन्न भएसँगै प्रत्येक फ्रेन्चाइजले अब एक ‘ट्यालेन्ट हन्ट’ खेलाडी र तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्। यससँगै प्रत्येक टोलीमा कुल १२ खेलाडी रहने व्यवस्था गरिएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |