← समाचारमा फर्कनुस्
Football Dec 30, 2023 · Nepalsports

उपाधीका लागि ललितपुर सिटी र धनगढी भिड्दै

उपाधीका लागि ललितपुर सिटी र धनगढी भिड्दै


नेपाल सुपर लिगको फाइनल खेल आज ललितपुर सिटी र धनगढी एफसी हुदै छ। दरशरथ रंगशालामा हुने यस फाइनल खेल साझ ५ः३० बजे हुनेछ ।


यी दुई टोली बिच लिग चरणमा भेट हुदा गोल रहित बराबरी खेलेको थियो। ललिपुर सिटीले एलिमिनेटर राउण्डमा काठमाण्डौं रेजर्सलाई ३-० गोलले पराजित र दोस्रो क्वालिफायर राउण्डमा पोखरा थन्डर्सलाई २-१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। 


यता धनगढीभने लिग चरणमा दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै  सिधै फाइनलमा प्रवेश गरेको थियो।।


एनएसएलको विजेताले पुरस्कार राशी ७० लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै  उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र इमर्जिङ खेलाडीले पाउने पुरस्कार राशी पनि सार्वजनिक गरिएको छ । दोस्रो संस्करणको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र इमर्जिङ खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्ने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →