पोखरालाई हराउँदै ललितपुर च्याम्पियन

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुरले दुई विदेशी खेलाडीको गोलमा २–१ को जित हात पारेको हो। ललितपुरले गत संस्करणमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो।
यसपल्ट भने ललितपुर र पोखराले धनगढीलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएका थिए। ललितपुरले अपराजित रहँदै उपाधि जित्दा पहिलोपल्ट फाइनल पुगेको पोखराका लागि भने यो खेल पीडादायी बन्यो।
ललितपुरलाई जित दिलाउन इजिकेलले यसपल्ट पनि उत्कृष्ट प्रदर्शन गरे। उनले एक गोल र एक असिस्ट गरे। ललितपुरलाई गत संस्करणको उपाधि दिलाउँदा पनि उनले दुई गोल गरेका थिए।
अर्को गोल भने पापा इबु केबले गरेका हुन्। पोखराका सुदील राईले गरेको गोल सान्त्वनाबाहेक केही रहेन। ललितपुरलाई सुरुआती अग्रता लिन ४२औं मिनेटसम्म कुर्न परेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |