← समाचारमा फर्कनुस्
Football Sep 07, 2024 · Swadesh

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि युनाइटेड अजोड इन्स्योरेन्ससँग मञ्चको सम्झौता

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि युनाइटेड अजोड इन्स्योरेन्ससँग मञ्चको सम्झौता

काठमाडौं, भदौ २१ । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करणका लागि बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले इन्स्योरेन्स पार्टनरको रूपमा निरन्तरता दिएको छ।

युनाइटेड अजोड यही भदौ २८ गते नेपाल एकेडेमी भवन कमलादीमा हुने पल्सर स्पोर्टस अवार्ड कार्यक्रममा सह प्रायोजकको रूपमा रहनेछ। मञ्चका सम्पूर्ण सदस्यहरूलाई जनही ५ लाखबराबरको स्वास्थ्य बिमा पोलिसी प्रदान गर्नेछ। यसका साथै कार्यक्रम आयोजना गर्नका लागि नगद सहयोग पनि गर्नेछ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबीच यस सम्बन्धमा शुक्रबार प्रायोजन सम्झौता भएको छ। सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौतापछि सीईओ रावलले नेपालमा यस्तो प्रतिष्ठित कार्यक्रममा सहप्रायोजकको रूपमा निरन्तरता दिन पाउँदा खुसी लागेको बताउनुभयो। मञ्चका अध्यक्ष सुवेदीले एआइपीएस एसियाको २५ औं कंग्रेससँगै आयोजना हुने यो वर्षको अवार्ड अन्तर्राष्ट्रिय स्तरको बनाउने मञ्चको प्रयासमा युनाइटेड अजोडको निरन्तर साथले थप हौसला बढाएको बताउनुभयो।

पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ। त्यस बाहेक टिम अफ दी इयर, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ। अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक भइसकेको छ।

पिपल्स च्वाइसमा क्रिकेटका गुलसन झा, फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन्। ई–सेवा, पल्सर स्पोर्टस अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा जारी भोटिङ भदौ २७ गते राति १२ बजेसम्म खुला रहने छ। यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →