← समाचारमा फर्कनुस्
Top Headlines Sep 07, 2026 · Swadesh

‘नेपाल प्रिमियर लिग’को तेस्रो संस्करणका विश्वभर नेटटीभी हेर्न सकिने

‘नेपाल प्रिमियर लिग’को तेस्रो संस्करणका विश्वभर नेटटीभी हेर्न सकिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करणका लागि ओटीटी, लिनियर टेलिभिजन र टिकटिङ अधिकारधनी घोषणा गरेको छ। संघले बोलपत्र तथा खरिद प्रक्रिया सम्पन्न गरी सफल अधिकारधनीहरूको घोषणा गरेको हो।


क्यानका अनुसार ओटीटी अधिकार (वल्ड वाइड) को अधिकार नेटटीभी प्रा. लि.ले प्राप्त गरेको छ। उक्त कम्पनीले १८ करोड ४ लाख रुपैयाँमा अधिकार प्राप्त गरेको हो। यस्तै, लिनियर टेलिभिजन अधिकार (नेपाल क्षेत्र) हिमालय टेलिभिजन नेटवर्क प्रा. लि. ले १४ करोड ६४ लाख रुपैयाँमा हासिल गरेको छ।


त्यसैगरी, टिकटिङ अधिकार इसेवा लिमिटेडलाई प्रदान गरिएको छ। सो अधिकारका लागि इसेवाले ८५ लाख रुपैयाँ तिर्नेछ। साथै, टिकटिङबाट हुने कुल आम्दानीको ९५ प्रतिशत क्यानले र ५ प्रतिशत इसेवाले प्राप्त गर्ने व्यावसायिक सर्तहरूमा सहमति भएको क्यानले जनाएको छ।


नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सबै साझेदारहरूसँग सहकार्य गरी एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै नेटटीभी, हिमालय टेलिभिजन र इसेवालाई बधाई दिएका छन्।


तीनै कम्पनीले आफ्ना-आफ्ना अधिकार क्षेत्रअन्तर्गत एनपीएलको प्रत्यक्ष प्रसारण, डिजिटल स्ट्रिमिङ तथा टिकट व्यवस्थापनमा सहजीकरण गर्नेछन्। एनपीएलको तेस्रो संस्करणका यहि अक्टोबर २६ देखि २१ नोभेम्बर सम्म हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →