TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 03, 2026 · Swadesh

प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई

प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई

काठमाडौं नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधी चुमेको छ। आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीमा सिमित त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै पुलिस च्याम्पियन बनेको हो। 


पोखरामै पहिलो पटक भएको महिला गोल्डकपको उपाधिसंगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ। उपविजेता आर्मीलाई ३ लाख रुपैया प्राप्त गरेको छ। निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो। 


पहिलो हाफमै १० खेलाडीमा सिमित आर्मीले पुलिसलाई निर्धारित समयसम्म गोलरहित बराबरीमै रोक्यो। पहिलो हाफको २७ मिनेटमै आर्मी १० खेलाडीमा सिमित भएको हो। पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकि डिफेन्डर विमला विकले डि एरिया नजिक लडाएपछी रातो कार्ड पाएकी थिइन्। 


३७औं मिनेटमा आर्मीको अवसरमा पुलिसकी समीक्षा घिमिरे बाधक बनिन्। हिमा चौधरीले गरेको क्रस गोललाइन नजिकबाट समिक्षाले क्लियर गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६३औं मिनेटमा रेखा पौडेलको प्रहारलाई आर्मीकि गोलरक्षक कोपिला खड्काले उत्कृष्ट बचाउ गर्दा रिबाउन्ड बलमा अनुस्का शेर्पाको प्रहारपनी उषाले बचाईन। 


६९औं मिनेटमा रेखाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो। ७५औं मिनेटमा रेखाको कर्नरमा निरु थापाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो। ८०औं मिनेटमा अनिस्काको प्रहारमा कोपिला बाधक बनिन। ८१ औं मिनेटमा आर्मीकि चन्द्रा भण्डारीको प्रहार उषाले बचाइन्। ८८औं मिनेटमा आर्मीले स्वर्ण अवसर खेर फाल्यो। चन्द्राको पासमा हिमाको प्रहार आकाशीयो। नेपाल पुलिसकी समिक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित भइन्।


पुलिसकी निर्मला सर्वोत्कृष्ट

विधागत पुरस्कारतर्फ पनि पुलिसकै दबदबा रह्यो। पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले ३० हजार रुपैयाँ प्राप्त गरिन्। यस्तै उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कुला पाँच गोल गरिन्। पहिलो खेलमा आयोजक विरुद्ध उनले पाँच गोल गरेकी थिइन्। 


उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे। अनुसासित टिमको पुरस्कार आर एस पोखरा फुटबलले प्राप्त ग¥यो । तीन दिनसम्म चलेको प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा पुलिस, आर्मीसंगै संकटा र आयोजक आर.एस. पोखरा फुटबल क्लबको सहभागिता रहेको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →