पुलिसको सहज जित, कर्णाली ४८ रनले पराजित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको छ।
पुलिसले दिएको २६२ रनको लक्ष्य पछ्याएको कर्णाली ४५.२ ओभरमा २१३ रनमै समेटियो।
पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ५० ओभरमा ८ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। टोलीका लागि दिनेश खरेलले शानदार ८२ रनको इनिङ्स खेले भने अमित श्रेष्ठले ३० रन योगदान दिए। आरिफ शेखले २७ रन जोड्दा करण केसीले अविजित २१ रन बनाए। अतिरिक्तबाट मात्रै ३५ रन प्राप्त हुनु पुलिसको स्कोर उकास्ने मुख्य आधार बन्यो।
कर्णालीका बलरमध्ये प्रकाश जैशीले ३ विकेट लिए भने अनुज चनारा र दिनेश अधिकारीले समान २–२ विकेट हात पारे।
२६२ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णालीको सुरुआत राम्रो हुन सकेन। प्रारम्भिक विकेट चाँडै गुमाएको टोलीका लागि अर्जुन घर्तीले सर्वाधिक ४६ रन बनाए भने सुनील धमलाले ३४ रन जोडे। अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन्।
पुलिसका बलरमध्ये ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। करण केसीले ३ विकेट झारे भने दीपक चन्द र आरिफ शेखले समान १–१ विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |