← समाचारमा फर्कनुस्
Volleyball May 16, 2026 · Swadesh

निरुता महिला भलिबल टोलीको कप्तान

निरुता महिला भलिबल टोलीको कप्तान

काठमाडाैं। नेपाली राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान निरुता ठगुन्ना बनेकी छिन्।


नेपाल भलिबल सघंले ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले ओपन स्पाइकर निरुतालाई कप्तानको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।


लामो समयदेखि राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुताले अब घरेलु तथा अन्तर्राष्ट्रिय कोर्टमा नेपाली टोलीको नेतृत्व सम्हाल्नेछिन्।


सम्भावना बोकेकी र अनुभवी खेलाडीका रूपमा चिनिएकी निरुतालाई कप्तानको जिम्मेवारी दिएसँगै नेपाली महिला भलिबलले नयाँ उचाइ लिने विश्वास लिएको छ।


यसअघिकी कप्तान अरुणा शाही अष्ट्रेलिया प्रस्थान गरेपछि महिला टिम कप्तान विहीन थियो। निरुताको कप्तानीमा नेपालले काभा महिला च्याम्पियनसिप खेल्ने छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →