← समाचारमा फर्कनुस्
Football Sep 05, 2026 · Swadesh

न्युकासल र बर्नमाउथको बराबरी

न्युकासल र बर्नमाउथको बराबरी

दुई गोलले पछाडि रहेको स्थितिबाट न्युकासल युनाइटेडले शनिबार इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई २–२ को बराबरीमा रोकेको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासलका लागि ज्याकोब राम्सीले ८८ औं मिनेटमा बराबरी गोल गरे ।

बर्नमाउथले खेलको नवौं मिनेटमा मार्कस टाभेरनियरको गोलले अग्रता लिएको थियो । खेलको ३५ औं मिनेटमा मालिक थिवले आत्मघाती गोल गरे र न्युकासल हारतर्फ अग्रसर देखिएको थियो । तर हार्भे बारनेसले ३७ औं मिनेटमा उत्कृष्ट गोल गरे र गोल अन्तरलाई कम गरे ।

यस्तोमा खेलको अन्त्यतिर राम्सीले बराबरी गोल फर्काए । यो नतिजापछि न्युकासलको तीन खेलबाट पाँच अंक भएको छ । बर्नमाउथ भने दुई अंकमै सीमित रह्यो र अहिलेसम्म टिमले नयाँ सिजन जित निकाल्न सकेको छैन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →