← समाचारमा फर्कनुस्
Football Jun 21, 2023 · Shishir

साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित

साफ च्याम्पियनसिप :  नेपाल कुवेतसँग पराजित

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आज भएको पहिलो खेलमा कुवेतसँग नेपाल ३-१ गोलले पराजित भएको हो ।  

कुवेतको जितमा खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले समान १/१ गोल गरे । यता नेपालको लागि अन्जन विष्टले गरेको एक गोल सान्त्वना बन्यो । 

पहिलो आमै २-० गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल गर्दा एक गोल खाएको हो । 

खेलको २३औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

यस्तै खेलको ४२ औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाएका थिए ।

त्यसअघि खेलको ६५औं मिनेटमा मोहमद अब्दुल्लाहले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाएका हुन् ।

डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्स भित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो ।

तर, खेलको ६८औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि बाँकी समय थप गोल नहुँदा खेलमा कुवेत ३-१ गोलले विजयी भयो । 

यो हारसँगै नेपालले प्रतियोगितामा पराजयबाट सुरुवात गरेको छ । यता जितसँगै कुवेतले समूह ए मा ३ अंक जोडेको छ ।

आजै हुने यसै समूहको दोस्रो खेलमा घरेलु टोली भारतले पाकिस्तानसाग खेल्नेछ । 

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।

नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।

समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । 

नेपालले दोस्रो खेलमा ९ असारमा आयोजक भारतसँग खेल्नेछ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →