← समाचारमा फर्कनुस्
Football Mar 31, 2023 · Nepalsports

मनिसको उत्कृष्ट गोलमा थ्री नेसन कपको उपाधि नेपाललाई

मनिसको उत्कृष्ट गोलमा थ्री नेसन कपको उपाधि नेपाललाई

काठमाडौ- भर्खरै समपन्न प्रधानमन्त्री थ्री नेसन कपको उपाधि घरेलु टोलि नेपालले जितेको छ।

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले लाओसलाई २-१ को कमब्याक जित निकाल्दै उपाधि जितेको हो।

खेलको  १७औं मिनेटमा गोल गर्दै लाओसले १-० गोलको अग्रता लिएको थियो । लाओसका लागि फोउट्टहाभोंग सांगभिलेले गोल गरेका थिए 

 तर त्यसपछि नेपालले खेलको २४औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । नेपालका लागि आयुष घलानले बराबरी गोल गरेका हुन्।

त्यस्तै खेलको अन्तिम मिनेटमा मनिष डागीले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा पुर्याउदै जित सुनिश्चित गरेका हुन्।

मैत्रीपूर्ण वा अन्य कुनै पनि अन्तराष्ट्रिय खेलका लागि फिफाले निर्धारण गरेको अन्तर्राष्ट्रिय समय सकिएका कारण आजको फाइनल खेललाई आधिकारिक मान्यता दिइने छैन्।

यो जितसंगै नेपीलले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा उपविजेता बनेको लाओसल् ३ हजार डलरमा चित्त बुझाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →