TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 21, 2026 · Swadesh

युएईविरुद्ध नेपाल ८ विकेटले विजयी

युएईविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौं। ओपनर कुशल भुर्तेलको अर्धशतको सहयोगमा नेपालले युएईविरुद्धको दोस्रो टी-२० खेलमा ८ विकेटले विजयी हासिल गरेको छ। योसँगै दुई खेलको सिरिज १–१ को बराबरी भएका छ।


मंगलबार त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा युएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।


नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। उनले ७५ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ८४ रनमा अविजित रहे।


यस्तै, अर्का ओपनर कुशल मल्लले १९ रन बनाएर आउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे। 


पहिलो विकेटका लागि कुशल द्वोयले ६७ रनको साँझेदारी गर्दै नेपाललाई समानजनक स्कोरतर्फ अघि बढाएका थिए। कुशल र दीपेन्द्रले ५८ रनको साँझेदारी गर्दै जित दिलाए।


युएईका महोमद अर्फान र निलम शेसवानीले समान एक विकेट लिए।


त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाए १२८ रन बनाएको थियो।


यूएईका अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए। उनले ४२ बलमा ३ चौकार ४ छक्का प्रहार गरे। अदीव उसबानीले ३० रन बनाउँदा महोमद आरफ्यान ३२ रन बनाएर सन्दीपको बलिङमा कप्तान दिपेन्द्रको हातबाट क्याच आउट भए। सातौं विकेटका लागि मोहमद र अक्षयदीपले ६४ रनको साँझेदारी गरे।


लगत्तै सन्दीपले पुन दिपेन्द्रको हातबाट कुजयमा तनबिरलाई शून्य रनमा आउट गराए।


नेपालका सन्दीप लामिछाने तीन, हेमन्त धामी दुई तथा नन्दन यादव र साहब आलयमले समान एक विकेट लिए। 


यसअघि सोमबार सम्पन्न पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →