TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 16, 2026 · Swadesh

कुशलको शतकमा अमेरिकाविरुद्ध नेपाल ९ विकेटले विजयी

कुशलको शतकमा अमेरिकाविरुद्ध नेपाल ९ विकेटले विजयी

काठमाडौं। ओपनर कुशल भुर्तेलको शतककाे सहयाेगमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेकाे छ।


आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतकाे खेलमा ओपनर कुशल भुर्तेलको विष्फोटक शतकीय इनिङ्सको मद्दतले नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।


नेपालकाे जितमा भुर्तेलले ११८ बलको सामना गर्दै १३ चौका र ४ छक्काको मद्दतले अविजित १२० रनको योगदान दिए।


आसिफ शेखले ५८ रन बनाए। शेख र भुर्तेलले पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी गरेका थिए।


७२ बल खेलेका आसिफले ८ चौका प्रहार गरे। आसिफ शेख आउट भएपछि क्रिजमा आएका इशान पाण्डेले ३० बलमा १ चौकासहित अविजित २० रन जोडे।


अमेरिकाका लागि एकमात्र विकेट मोहम्मद मोहसिनले लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका ४३.३ ओभरमा १९५ रनमा समेटिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →