← समाचारमा फर्कनुस्
Volleyball Jul 19, 2026 · Swadesh

भलिबल टोली पाकिस्तान जाने

भलिबल टोली पाकिस्तान जाने

काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ ।
जुलाइ २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा हरिहजुर थापा (कप्तान), सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोदबहादुर चन्दले प्रतिस्पर्धा गर्ने छन् ।

मुख्य प्रशिक्षकमा जगदिश भट्ट, सहायक प्रशिक्षकमा रुपेशकुमार विष्ट र व्यवस्थापकमा सोमबहादुर श्रेष्ठ रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठलगायतले आइतबार नक्सालमा एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले स्वर्ण जिते खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गर्ने घोषणा गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Spain 3 7
2 Cape Verde Islands 3 3
3 Uruguay 3 2
4 Saudi Arabia 3 2
सबै समूह →