← समाचारमा फर्कनुस्
Cricket Apr 22, 2026 · Swadesh

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

काठमाडौं। आइसीसी च्यालेन्ज ट्रफीमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। 


बुधबार सम्पन्न खेलमा नेपालले घरेलु टोली रुवाण्डविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको हो। 


रुग्वाण्डाले प्रस्तुत गरेको ८९ रनको लक्ष्य नेपालले दुई बल बाँकी छँदा आठ विकेट गुमाएर पूरा गर्यो। 


नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४८ रनको योग्दान दिइन्। यस्तै, पूजा महतो १३ र विन्दु रावलले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 


रुगाण्डका लागि जीयोभानीस युवासेले तीन तथा हेनहरीटेले र जिसिलले समना दुई विकेट लिए।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुगाण्डाले १९ ४ ओभरमा सबै विकेट गुमाउँदा ८८ रनको योगफल तयार पारेको थियो।


रुवाण्डाका लागि एसिल अइकोउ १७ र मार्भेली युवासेले १५ रनको योग्दान दिइन्। 


नेपालका लागि रचना चौधरीले तीन, पूजा, कविता कुँवरले समान दुई तथा मनिषा उपाध्याय रिया शर्माले समान एक विकेट लिए। 


यो जितसँगै नेपालले तीन खेलमा चार अंक जोडेको छ। पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेलमा इटालीलाई पराजित गर्दै विजयी सुरुआत गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →