TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Apr 29, 2026 · Swadesh

एपीएफलाई हराउँदै पुलिस फाइनलमा

एपीएफलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौँ। दशौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबलले २०८३ अन्तर्गत नेपाल पुलिस क्लब महिलातर्फ फाइनल प्रवेश गरेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कबर्ड हलमा बुधबार भएको खेलमा पुलिसले एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै जारी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।


पहिलो सेट २५-२१ ले गुमाएको पुलिस त्यसपछिका सेटमा २५-१९, २७-२५ र २५-२१ ले आफ्नो पक्षमा पर्दै फाइनल यात्रा तय गरेको हो।


अब बिहिवार हुने न्यू डायमण्डको खेलले लिगको विजेताको छिनोफानो हुन्छ। यसअघि नै न्यु डायमण्ड चार खेलमा चार जितसहित फाइनल पुगिसकेको छ।


यस्तै, आजै भएको महिलातर्फको पहिलो खेलमा एभरेस्ट भलिबल क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै प्रतियोगितामा सुखद अन्त्य गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →