← समाचारमा फर्कनुस्
लगातार तेस्रो हारसँगै नेपाल सेमिफाइनल दौडबाट बाहिरियो

काठमाडौं । काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार सम्पन्न खेलमा घरेलु टोली पाकिस्तानसँग नेपाल सोझो सेटमा ३–० ले पराजित भएको हो।
पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० को सेटमा पराजित गर्दै सहज जित दर्ता गर्यो। पहिलो सेटमा १४ अंकमा सीमित भएको नेपालले दोस्रो सेटमा केही प्रतिस्पर्धा गरे पनि १८–२५ ले गुमायो। तेस्रो सेटमा भने पाकिस्तान पूर्ण रूपमा हाबी हुँदै २५–१० ले खेल आफ्नो पक्षमा पार्यो।
यस हारसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो पराजय बेहोरेको छ। लगातार तीन खेल गुमाएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि समाप्त भएको छ।
नेपालले यसअघि काजाकिस्तान र श्रींलकासँग पनि पराजय बेहोरेको थियो। अब नेपालले प्रतियोगितामा बंगलादेश र उज्वेकिस्तानसँग खेल्न बाँकी छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |