← समाचारमा फर्कनुस्
Top Headlines Sep 29, 2026 · Swadesh

वर्षासँगै नेपाल क्रिकेटबाट बाहिरियो

वर्षासँगै नेपाल क्रिकेटबाट बाहिरियो

आईची नागायो एसियाली खेलकुदको पुरुष क्रिकेटबाट नेपाल मंगलबार बाहिरिएको छ । वर्षाले श्रीलंकाविरुद्धको खेल हुन नसक्ने भएपछि नेपालको सम्भावना समाप्त भएको हो ।

नागायोको कोरोगी स्पोर्टस पार्कमा हुन पर्ने खेलमा टस पनि सम्भव भएन् । खेल नभएको स्थितिमा माथिल्लो वरीयताका टिम नै त्यसपछिको चरणमा प्रवेश गर्ने प्रतियोगिताको नियम छ ।

त्यसै अनुसार श्रीलंका अगाडि बढेको हो र सेमिफाइनल पुग्न सफल रह्यो । ट्वान्टी ट्वान्टी विश्व वरीयतामा श्रीलंका नवौं र नेपाल १४ औं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →