TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 18, 2026 · Swadesh

इशान र रोहितको सानदार ब्याटिङमा नेपाल दुई स्थान सुधार

इशान र रोहितको सानदार ब्याटिङमा नेपाल दुई स्थान सुधार

काठमाडौं। कप्तान रोहितकुमार पौडेल र इशान पाण्डेको सानदार ब्याटिङसँगै नेपालले आइसीसी क्रिकेट विश्वकप लिग- मा दुई स्थान सुधार गरेको छ।


सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको हो। जितसँगै २७ खेल खेलेको नेपालले २२ अंक पुर्‍याएको छ। योसँगै नेपालले नामिबिया र क्यानडालाई पनि उछिनेको छ। एक खेल बढी खेलेको नामिबियाको २२ र तीन खेल कम खेलेको क्यानडाको २१ अंक छ।


स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको हो।


नेपालका कप्तान रोहितले अविजित ७४ रन बनाए। ९८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। तेस्रो नम्बरमा आएका इशानले उनीसँग तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए।


६१ बल खेलेका इशानले ५ चौका र २ छक्कासहित ५५ रन बनाए। ‌ओपनर आसिफ शेख २९ र कुशल भुर्तेल २८ रनमा आउट भए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →