टप एन्ड टी-२० सिरिज: बंगलादेश एचपी–११ सामु नेपालको ९ विकेट करार हार

अस्ट्रेलियाको डार्विनस्थित मरारा ओभलमा शनिबार सम्पन्न टप एन्ड टी-२० सिरिजको छैटौं खेलमा नेपाल ‘ए’ टोली बंगलादेश हाइ परफर्मेन्स (एचपी–११) सँग ९ विकेटले पराजित भएको छ। यो नेपालको लगातार दोस्रो हार हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो। नेपालको ब्याटिङ सुरुवात निकै खराब रह्यो। सुरुवाती ४ ओभरभित्रै टोलीले ५ विकेट गुमाएर १३ रन मात्र जोड्न सकेको थियो। ओपनर त्रितराज दास ६ रन, कप्तान अनिल साह र पवन सर्राफ शून्य रन, कुशल मल्ल १ रन तथा लोकेश बम २ रनमा आउट भए।
ओपनर कुशल भुर्तेलले एक्लै संघर्ष गर्दै ४० बलमा ३ चौका र १ छक्काको मद्दतले ४६ रनको सर्वाधिक इनिङ खेले। सहाब आलमले २३ बलमा ११ रन र विपिन खत्रीले ११ बलमा अविजित ११ रन जोडे। नारायण जोशी १ रनमा रनआउट भए।
बंगलादेशका बलरहरू नेपाली ब्याटरमाथि पूर्ण हाबी भए। मोहम्मद रुबेलले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। रोहनत दौल्लाह बोर्सन, रिपोन मन्डोल र समिउन बासिरले समान १/१ विकेट हात पारे।
जितका लागि १०० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा बंगलादेशले १०.२ ओभरमा १ विकेट गुमाएर १०१ रन बनायो। हबिबुर रहमान सोहन ७ रनमा आउट भए। त्यसपछि जिसान आलम र आरिफुल इस्लामले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
जिसान आलमले २९ बलमा ४ छक्काको मद्दतले ५२ रनको अविजित शतकीय इनिङ खेले। आरिफुल इस्लामले २७ बलमा ३४ रन थपे। नेपालका सहाब आलमले मात्र एक विकेट लिन सके।
यस जितसँगै बंगलादेश एचपी–११ ले टप एन्ड टी-२० सिरिजमा शुभारम्भ गरेको छ। नेपालले भने यसअघि आयोजक एनटी स्ट्राइकसँग ८ विकेटले हारेको थियो। लिग चरणमा प्रत्येक टोलीले ६ खेल खेल्ने भएकाले नेपालसँग अझै सुधारका अवसरहरू बाँकी छन्। नेपालको अर्को खेल अगस्ट २४ मा हुरिकेन्ससँग हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |