TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 20, 2026 · Swadesh

नेपाल ६ विकेटले पराजित

नेपाल ६ विकेटले पराजित

काठमाडौं। घरेलु टोली नेपालविरुद्धको पहिलो टी-२० खेलमा युएईले ६ विकेटले विजयी भएको छ।


त्रिवि क्रिकेट रंगशालामा वर्षाका कारण खेल १० ओभरमा छोटिएपछि युएईले पाएको ७८ रनको लक्ष्य ८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।


युएईशको जितमा कप्तान महोमद वासिमले १५ बलमा ३३ रन बनाउँदै सानादर सुरुआत दिलाएका थिए। उनले ३ चौका र ३ छक्का प्रहार गरे। अलिशान १८ रन बनाए। अंक्षयदीप नाथले १७ रनमा अविजित रहे।


बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन र कुशल मल्लले एक विकेट लिए।


त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालका लागि कप्तना दिपेन्द्रसिंह ऐरीले ३५ बलमा सर्वाधिक ३५ रन बनाए। कुशल मल्ल १७, कुशल भर्तेल १६ तथा १४ रन बसिर अहमदले बनाउँदा नन्दन यादव र ओपनर अर्जुन साउदले समान १३ रन बनाए। 


युएईका मोहमद जुहेबले सर्वाधिक ३ विकेट लिए। जुनेद सिद्धकीले दुई विकेट हात पारे। 


खेल १८.५ ओभर चलिरहँदा वर्षा भएको थियो। वर्षा अघि नेपालले १२२ रन बनाउँदा ८ विकेट गुमाएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →