← समाचारमा फर्कनुस्
Cricket May 31, 2026 · Swadesh

चीनसँगको हारसँगै एसियन गेम्स छनोटबाट बाहिरियो नेपाल

चीनसँगको हारसँगै एसियन गेम्स छनोटबाट बाहिरियो नेपाल

काठमाडौं। चीनसँग पराजित भएपछि नेपाली महिला क्रिकेट टोली एसियन गेम्स छनोट हुनबाट वञ्चित भएको छ।


आइतबार सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा चीनले डीएलएस मेथडका आधारमा नेपाललाई ५ विकेटले हरायो। आईसीसी महिला टी–२० वरीयतामा नेपाल २१औँ स्थानमा रहेको टोली हो भने चीन ४२औँ स्थानमा छ।


नेपालले दिएको ४४ रनको लक्ष्य पछ्याएको चीनले ७ ओभरमा ५ विकेट गुमाउँदै ४५ रन बनाएर जित हात पारेको हो। एसियन गेम्समा छनोट हुन कम्तीमा तेस्रो स्थान हासिल गर्नुपर्ने थियो।


तर, सेमिफाइनलमा मलेसियासँग २ विकेटले पराजित हुँदै तेस्रो स्थानको खेलमा पुगेको नेपाललाई चीनले पनि निराश बनायो।


यसअघि समूह चरणको पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको थियो। तर निर्णायक खेलमा चीनसँग हार बेहोर्दै नेपाल एसियन गेम्स छनोटको लक्ष्य पूरा गर्न असफल रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →