← समाचारमा फर्कनुस्
Top Headlines Oct 17, 2026 · Swadesh

क्यानाडासँग नेपाल पराजित

क्यानाडासँग नेपाल पराजित

क्यानाडाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–टुमा नेपाललाई शनिबार २४ रनले पराजित गरेको छ । जितका लागि २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २ सय ३२ रनमा अलआउट भएको थियो । यो जितपछि क्यानाडा २९ अंकमा छैटौं स्थानमा उक्लेको छ ।

नेपाल भने २८ अंकमा सातौं स्थानमा झरेको छ । नेपालका लागि ओपनर अर्जुन कुमालले १ सय १२ रनमा ८७ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । इनिङ्सको अन्त्यतिर नेपालले लगातार विकेट गुमाएको थियो ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो । त्यसमा ओपनर युवराज शर्माले उत्कृष्ट शटकीय इनिङ्स खेले । उनले १ सय १७ बलमा १ सय ५ रन बनाए ।

युवराजले ११ चौका र ४ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि आरोन जोन्सनसँग ७२ रनको साझेदारी गरेका थिए । जोन्सनले ३६ रन जोडे । नेपाली बलरमध्ये ललित राजवंशीले ४ र कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →