← समाचारमा फर्कनुस्
नेपालको लगातार चौथो हार, बंगलादेशसँग ३–२ ले पराजित

काठमाडौं। पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार व्यहोरेको छ।
आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भयो। नेपालले पहिलो र तेस्रो सेट आफ्नो पक्षमा पारे पनि त्यसको निरन्तरता कायम राख्न नसक्दा हार बेहोर्न बाध्य भयो।
खेलमा नेपालले पहिलो सेट २५–१८ ले जितेको थियो। दोस्रो सेट १९–२५ ले गुमाएको नेपालले तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै २–१ को अग्रता बनाएको थियो। तर चौथो सेट २३–२५ ले गुमाएपछि खेल पाँचौँ सेटमा पुगेको थियो। निर्णायक पाँचौँ सेटमा नेपाल ११–१५ ले पराजित हुँदै खेल ३–२ ले बंगलादेशको पक्षमा गएको हो।
यसअघि नेपाल पहिलो खेलमा काजाकिस्तान, दोस्रो खेलमा श्रीलङ्का र तेस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। नेपालले अब लिग चरणको अन्तिम खेलमा भोली उज्वेकिस्तानसँग खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |