हारे पनि नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपाल एसीसी प्रिमियर लिग २०२६ को आफ्नो अन्तिम लिग चरणको खेलमा हङकङको हातबाट मंगलबार १५ रनले पराजित भएको छ । हारका बावजुत नेपाल समूह ए को विजेताको रूपमा सेमिफाइनल पुगेको छ । नेपाल यसअघि नै अन्तिम चार पुग्ने निश्चित भइसकेको थियो ।
हङकङ भने यो जितपछि समूह उप विजेता बनेको छ । दुवै टिम समान छ अंकमा रहे । नेपाल नेट रनरेटको आधारमा अगाडि रहेको हो । यो नतिजाको अर्थ आयोजक देश मलेसिया भने समूह चरणबाटै बाहिरिएको छ । नेपाल विजयी रहेको स्थितिमा मलेसिया अर्को चरण पुग्ने सम्भावना हुने थियो ।
तर मलेसियालाई भाग्य साथ दिएन् र चार अंकमै सीमित रह्यो । अब सेमिफाइनलमा नेपालले ओमान र हङकङले यूएईको सामना गर्नेछ । अर्को समूह बी मा यूएई पहिलो र ओमान दोस्रो स्थानमा रह्यो । हङकङले निश्चित जित आवश्यक खेलमा दुई अंक बटुलेको हो ।
पहिले ब्याटिङ गरेको हङकङले सात विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । त्यसमा बाबर हयातले १ सय २६ बलमा शानदार १ सय १७ रन बनाए र नटआउट पनि रहे । उनले सात चौका र सात छक्का प्रहार गरे । साहिद वासिफले ४५ रन जोडे ।
जवाफमा नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउन अथाडि २ सय ४६ रन मात्र बनाउन सक्यो । नेपालका लाविग इसान पाण्डेले सर्वाधिक ९० रन बनाए । उनले १ सय ६ बल सामना गरेर छ चौका र दुई छक्का प्रहार गरे । आसिफ सेखले पनि ४४ रनको योगदान गरे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |