← समाचारमा फर्कनुस्
Cricket Sep 10, 2026 · Swadesh

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं — मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहीबार सम्पन्न एसीसी प्रिमियर कपको  सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५१ रन तथा बसिर अहमदले ४७ रनको महत्त्वपूर्ण योगदान दिए । अन्य ब्याट्सम्यान भने खासै चल्न सकेनन् — देव खनाल १३, आसिफ शेख ११, गुलशन झा ७, करण केसी ५ र कप्तान रोहित पौडेल ३ रनमै आउट भए ।

ओमानका जय ओडेडारा र हसनैन शाहले समान ३-३ विकेट लिँदा मुहम्मद इमरानले २ तथा मुजीबुर अलि र शकिल अहमदले १-१ विकेट हात पारे।

१४८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान नेपाली स्पिनरसामु घुँडा टेक्यो। ओमान १८.१ ओभरमै ६० रनमा अलआउट भयो । ओमानका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाए, तर अन्य कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिए भने ललित राजवंशी र कप्तान रोहित पौडेलले २-२ विकेट हात पारे।

यस जितसँगै नेपालले उपाधिका लागि युएईसँग खेल्ने भएको छ। युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ। फाइनल खेल शनिबार हुनेछ। उपाधि जित्ने टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →