नेपालको फिफा वरियतामा सुधार

नेपालले फिफा वारियतामा सुधार गरेको छ। आज अप्रिल ६ तारीख सार्बजिनक गरिएको नयां वरियतामा नेपाल १७४ औं स्थानमा उक्लिएको छ। गत डिसेम्बर २२ २०२२ मा सार्बजिनक गरिएको वरियतामा नेपाल १७५ औं स्थानमा रहेको थियो। नेपालले एक स्थान सुधार गरेको छ।
दक्षिण एसिया तर्फ भारत १०१ औं स्थानमा, माल्दिभ्स १५४ औं स्थानमा उक्लिएको छ। भुटान- १८५, वंगलादेश- १९२, पाकिस्तान-१९५ र श्रीलंका- २०७ भने यथा स्थानमा रहेको छ ।
त्यस्तै विश्वविजेता अर्जेन्टिना ६ वर्षपछि फिफाको वरियतामा शिर्ष स्थानमा उक्लिएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनि गरेको नयाँ वरियतामा अर्जेन्टिना एक स्थान सुधार गर्दै शिर्ष स्थानमा आएको हो। अर्जेन्टिना सन् २०१७ मा फिफाको शिर्ष स्थानमा रहेको थियो। त्यसपछि अर्जेन्टिना शिर्षमा आएको यो पहिलो पटक हो।
मोरक्कोसंग पराजित भएको ब्राजिल शिर्ष स्थानबाट दुई स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ। नयाँ वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा रहदा फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै क्रमश ब्राजिल, वेल्जियम, इङगल्यान्ड, नेदरल्यान्ड, क्रोएसिया, इटालि, पोर्चुगल र स्पेन शिर्ष दशमा रहेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |