TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 12, 2026 · Swadesh

नेपाललाई २४४ रनको लक्ष्य

नेपाललाई २४४ रनको लक्ष्य

काठमाडाैं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी खेलमा स्कटल्यान्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। 


टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनायो।


स्कटल्यान्डका जर्ज मुन्सीले उत्कृष्ट ब्याटिङ गर्दै ६२ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ७५ रन बनाए। फिन्ले म्याकक्रेथले ३५ रन जोड्दा माइकल लिस्कले २९ तथा मार्क वाटले २४ रनको योगदान दिए। माइकल इङ्ग्लिस ३४ रनमा अविजित रहे।


नेपालका सन्दीप लामिछानेले घातक बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए। करण केसी र नन्दन यादवले समान २–२ विकेट हात पारे। ललित राजवंशीले किफायती बलिङ गर्दै १० ओभरमा ३३ रन दिए भने गुल्शन झाले ७ ओभरमा २७ रन खर्चिए।


स्कटल्याण्डले २० ओभरसम्म बलियो सुरुआत गरे पनि सन्दीप लामिछानेले लगातार विकेट निकाल्दै नेपाललाई खेलमा फर्काएका थिए। मध्यक्रममा नियमित अन्तरालमा विकेट गुमाएपछि स्कटल्याण्ड ठूलो योगफलतर्फ अघि बढ्न सकेन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →