← समाचारमा फर्कनुस्
Cricket Jul 21, 2026 · Swadesh

विश्वकप क्रिकेट लिग-२ : नामिबियाविरुद्ध नेपाल १५७ रनमै समेटियो

विश्वकप क्रिकेट लिग-२ : नामिबियाविरुद्ध नेपाल १५७ रनमै समेटियो

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचमा जारी खेलमा नेपाल नामिबियाविरुद्ध १५७ रनमा अलआउट भएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नामिबियाले नेपाललाई ४६.५ ओभरमै १५७ रन मा समेटेको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए। उनले ६० बल खेल्दै ३१ रन जोडे। दिपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकासहित ३० रन बनाए भने गुल्सन झाले ३८ बलमा २० रन बनाउँदा १ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै, करण केसीले १५ बलमा १ चौका र १ छक्कासहित १८ रन तथा आसिफ शेख ले ४१ बलमा १६ रन बनाए। सोमपाल कामी ले १५ रन, ईशान पाण्डेले ८ रन, कुशल भुर्तेलले २ रन, नन्दन यादव ले १ रन बनाए। आरिफ शेख भने खाता नै खोल्न सकेनन्। सन्दीप लामिछाने १ रनमा अविजित रहे।

नामिबियाका जेजे स्मिट घातक सावित भए। उनले ९.५ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। ज्याक ब्रासेल र बर्नार्ड स्कोल्ट्जले समान २–२ विकेट लिए भने रुबेन ट्रम्पेलम्यान, जान निकोल लोफ्टी–इटन र कप्तान गर्हार्ड इरास्मस विकेटविहीन रहे।

नेपालले सुरुआतदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। पहिलो विकेट २ रन मै गुमाएको नेपालले ३०.३ ओभरसम्म आइपुग्दा ९३ रनमै ५ विकेट गुमाएको थियो। त्यसपछि करण केसी र सोमपाल कामीले केही संघर्ष गरे पनि नेपाल ठूलो स्कोर बनाउन असफल रह्यो।

अब नामिबियाले जितका लागि १५८ रन को लक्ष्य पछ्याउनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Spain 3 7
2 Cape Verde Islands 3 3
3 Uruguay 3 2
4 Saudi Arabia 3 2
सबै समूह →