← समाचारमा फर्कनुस्
सुजन चम्किँदा श्रीलंकामाथि नेपालको सहज जित

काठमाडौं । सुजन डंगोलले ह्याट्रिक गरेको खेलमा नेपालले साफ यु–१७ च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको हो।
नेपाल जितमा सुजन डंगोलले ह्याट्रिक गर्दा विज्ञान खड्काले एक गोल थपे।
पहिलो हाफमै सुजनले ह्याट्रिक पूरा गरेका थिए। उनले खेलको चौथो, १३औं र ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।
८३औं मिनेटमा विज्ञानले गोल गर्दै नेपाल सहज जित पक्का गरे।
गत शनिबार पहिलो खेलमा पाकिस्तानसँग नेपाल १-० ले पराजित भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |