भियतनामसंग नेपाल पराजित, साम्बाको उच्च प्रदर्शन

काठमाडौँ- पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको पहिलो खेलमा नेपाल भियतनामसंग पराजित भएको छ।
त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोलि नेपाल भियतनामसंग ५-१ गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफमा केही लय गुमाएको नेपालले पहिलो हाफमा ३ गोल व्यहोर्न पुगेको थियो। त्यसपछि नेपालले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्दै दुई गोल मात्रै व्यहोरेको हो। नेपाली टिमकी मुख्य फर्वाड सावित्रा भण्डारी साम्बाले उच्च प्रदर्शन गर्दै खेलको ७९ औ मिनेटमा शानदार गोल गर्दै नेपालको तर्फबाट गोलको खाता खोल्न सफल भइन्। यो संगै साम्बाले नेपालको लागी ४३ औ गोल समेत पुरा गरेकी छिन्।
उता भियतनामको जीतमा खेलको ११ औ मिनेटमा फाम हाइ येनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १-० को अग्रता दिलाइन्।
खेलको ३६औ मिनेटमा नेपालकी डिफेन्डर हिरा कुमारी भुजेलले आफ्नो डिवक्सभित्र हातले गोल छोएपछि भियतनामले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई कप्तान हुवान न्युनले सहजै गोलमा परिणत गरिन्।
त्यस्तै ३८ औ मिनेटमा न्युयेन थी वीचले प्रहार गरेको बल नेपाली डिफेन्डर अमृता जैसीको खुट्टामा ठोक्किएर गोल भएपछि नेपाल ३-० गोलले पछि परेको हो।
४७ औ मिनेटमा भियतनामकी कप्तान हुवान न्युनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० गोलको अवस्थामा पुर्याइन्। त्यस्तै खेलको अन्तिम समयमा दोस्रो हाफमा मैदान छिरेकी न्युगीन थी थानले गोल गरिन्।
अब यी दुईबिचको दोस्रो खेल चैत्र २५ गते हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |