TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports May 27, 2026 · Swadesh

नेपाल बुद्धिचाल महासङ्घको विवाद सतहमा, हेटौंडा पक्षद्वारा विशेष साधारणसभा वैध भएको दाबी

नेपाल बुद्धिचाल महासङ्घको विवाद सतहमा, हेटौंडा पक्षद्वारा विशेष साधारणसभा वैध भएको दाबी

काठमाडौं। नेपाल बुद्धिचाल महासङ्घ भित्रको विवाद सार्वजनिक रूपमा सतहमा आएको छ। १० जेठमा दुई फरक स्थानमा विशेष अधिवेशन आयोजना भएपछि हेटौंडामा अधिवेशन गरेको पक्षले आफूहरूको विशेष साधारणसभा वैध रहेको दाबी गर्दै बुधबार पत्रकार सम्मेलन आयोजना गरेको हो।


उक्त पक्षका अनुसार हेराकाजी महर्जन नेतृत्वको पुरानै कार्यसमिति यथावत रहेको छ। पहिलो पटक बोलाइएको सभामा आवश्यक ५० प्रतिशत गणपूरक सङ्ख्या नपुगेपछि ११ जेठमा दोस्रोपटक सभा आयोजना गरिएको र त्यसमा आवश्यक ३३ प्रतिशत सदस्य उपस्थित भएकाले अधिवेशन वैध भएको दाबी गरिएको छ।


अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि विशेष साधारणसभा आयोजनाको विषयमा महासङ्घभित्र विवाद उत्पन्न भएको थियो। एक पक्षले हेटौंडामा विशेष अधिवेशन आयोजना गरेको थियो भने अर्को पक्षले काठमाडौंमा विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो। सोही आधारमा काठमाडौंमा पनि छुट्टै विशेष साधारणसभा आयोजना गरिएको थियो।


महासङ्घ नेतृत्वमाथि आर्थिक अनियमितता, खेलाडीमाथि दुर्व्यवहार तथा दुई वर्षअघि अनावश्यक व्यक्तिलाई भ्रमण गराउन खोज्दा चेस ओलम्पियाडका लागि नेपाली खेलाडीले भिसा नपाएकोलगायत आरोप लगाउँदै अविश्वास प्रस्ताव दर्ता गरिएको बताइएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →