← समाचारमा फर्कनुस्
Football Apr 05, 2023 · Nepalsports

नेपाल भियतनामविरुद्ध पहिलो हाफमा ३-० गोलले पछाडी

नेपाल भियतनामविरुद्ध पहिलो हाफमा ३-० गोलले पछाडी

काठमाडौँ- नेपालमा जारी पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको पहिलो खेलको पहिलो हाफमा घरेलु टोलि नेपाल ३-० गोलअन्तरले पछाडी परेको छ। त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ११ औ मिनेटमा भियतनामकी फाम हाइ येनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १-० को अग्रता दिलाइन्।

खेलको ३६औ मिनेटमा नेपालकी डिफेन्डर हिरा कुमारी भुजेलले आफ्नो डिवक्सभित्र हातले गोल छोएपछि भियतनामले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई  कप्तान हुवान न्युनले सहजै गोलमा परिणत गरिन्।

त्यस्तै ३८ औ मिनेटमा न्युयेन थी वीचले प्रहार गरेको बल नेपाली डिफेन्डर अमृता जैसीको खुट्टामा ठोक्किएर गोल भएपछि नेपाल ३-० गोलले पछि परेको हो।

 बलियो टोलिका रुपमा रहेको भियतनामविरुद्ध नेपाली टोलिले सन्तोषजनक प्रदर्शन गरिरहेका छन्। खेलमा धेरै आक्रमक बनेपनि नेपालले भियतनाको गोलपोष्टको जाली चुमाउन सकिरहेका छैनन्। नेपाली फर्वाड सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न सफल भएकी छैनन्। खेलको सुरुवाती समयमा नेपालकी फर्वाड अमिसा कार्कीले राम्रो गोल गर्ने मौका पाए पनि गोल गर्न सकिनन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →