भियतनामविरुद्ध नेपाल पहिलो हाफमा २-० ले पछाडी

काठमाडौँ- नेपालमा जारि पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको दोस्रो खेलको पहिलो हाफमा भियतनामविरुद्ध नेपाल पछाडी परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारि खेलको पहिलो हाफमा घरेलु टोलि नेपाल भियतनामसंग २-० गोलअन्तरले पछाडी परेको हो ।
नेपाली टिमकी कप्तान तथा गोलकिपर एन्जिला सुब्बाले गल्ति गर्न पुग्दा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल व्यहोरेको हो। एन्जिलाले हातले समातेको गोल छोड्दा पहिलो व्यहोरेको नेपालले अर्को मिनेटमा फेरि गल्ति गर्दा दोस्रो गोल व्यहोरेको हो ।
भियतनामका लागी दुवै गोल फाम हाइ येनले खेलको पाँचौ र सातौ मिनेटमा गरिन्।
नेपाली टोलिले घरेलु मैदानको फाइदा उठाउन सकिरहेको छैन्। पहिलो खेलमा भियतनामविरुद्ध केही दबाब बनाएको नेपालले आज दबाब दिन सकिरहेको छैन्।
फर्वाड लाइनमा साम्बा र अमिशा कार्कि रहेपनि उनीहरुले भियतनामको गोलपोष्टको जाली चुमाउन सकिरहेका छैनन्। पहिलो खेलमा एक गोल गरेकी साम्बा आज पनि गोलको खोजीमा छिन्। त्यस्तै नेपाली डिफेन्डीङ लाइन कमजोर देखिदा मिडफिल्डर पनि चल्न सकिरहेका छैनन्।
पहिलो खेल ५-१ ले गुमाएको नेपाल पुर्ण रुपमा जित्नैपर्ने दबाबमा छ। नेपालले आज जित निकाल्न नसकेको अवस्थामा छनोट चरणबाट बाहिरिने छ।
नेपाली टिमः
गोलकिपर - एन्जिला सुब्बा
डिफेन्डर - विमला बिक, समिक्षा घिमिरे,अमृता जैशी, हिरा कुमारी भुजे
मिडफिल्डर - सरु लिम्बु,अनिता केसी, दिपा शाही, विमला चौधरी
फरवार्ड - सावित्रा भण्डारी, अमिशा कार्की
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |