← समाचारमा फर्कनुस्
Football Mar 06, 2023 · Nepalsports

नेपाल द्वारा यूएई ४२ रनले पराजित

नेपाल द्वारा यूएई ४२ रनले पराजित

यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली युएआलाई
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा ४२ रनले पराजीत गरेको छ।
नेपालले दिएको २३०रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा अलआउट हुदै मात्र १८७ रन बनायो। यपएईका लागी ओपनर आसिफ खानले ८२ रनको अर्धशतकीय ईनिङ खेल्दा, आर्यन लाक्राले ५० रनको अर्धशतकीय पारि खेले । त्यस्तै वृत्य अरबिन्दले १३ रन बनाए। युएईका यी तिन खेलाडीबाहेक अन्य खेलाडीले धेरै रन बनीउन सकेन्।

यता बलिंगतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट लिए। त्यस्तै आरिफ शेख,करण केसी र सन्दीप लामिछानेले पनि समान १/१ विकेट लिए ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।

पहिला ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो।

नेपालका लागि भिम सार्कीले ७० रन,आरिफ शेखले अविजित ४३ रन , कुशल मल्ल ३२ रन, सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →