नेपाल १२२ रनले विजयी

काठमाडौं। नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई फराकिलाे अन्तरले पराजित गरेकाे छ।
त्रिवि क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपालले १२२ रनको जित निकालेको हो।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन मात्र बनाउन सक्यो।
अमेरिकाका सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाइन्। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। नोस्थुश केन्जिगे २९, शायन जहाँगीर २७, शेहान जयसूर्या २६ र सैतेजा मुकामल्ल २२ रनमा आउट भए।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका उनले १ मेडनसहित ३० रन खर्चिए। ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सनकुमार झाले समान २ विकेट राखे।
यो जितसँगै पाँचौं स्थानकाे नेपालले २४ अंक पुर्याएको छ। शीर्षस्थानको अमेरिकाको २८ खेलबाट ३८ अंक छ। नेपालले पहिलो खेलमा अमेरिकालाई ९ विकेटले हराएको थियो। त्यसअघिको चक्रमा नेपालले दुवैपल्ट अमेरिकालाई हराएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women